गीतबाट राष्ट्रिय भाव जगाउँदै आनी र शिब

गीतबाट राष्ट्रिय भाव जगाउँदै आनी र शिब तरुण खबर १३ बैशाख २०७९, मंगलवार १०:३५
गीतबाट राष्ट्रिय भाव जगाउँदै आनी र शिब

काठमाडौं । फुलको आँखामा फुलै संसारजस्ता विभिन्न सन्देशमुलक गीत गायकी आनी छोइङ डोल्माले यतीबेला श्रोताका लागि राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट फेरी राष्ट्रिय भाव जगाएकी छिन् । जसका लागि उनले राष्ट्रिय भावको गीत बजारमा ल्याएकी छिन् ।

गायक शिब परियार र गायिका आनीले युगल स्वरमा राष्ट्रिय भावको गीत ‘यहि हो मेरो देश’ को भिडियो श्रोतामाझ ल्याएका हुन् । नेपाली प्रति राष्ट्रियताको भाव अझ जगाउन यो गीत ल्याएको उनले बताएकी छिन् । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको यस गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन गरेका छन् ।

गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ । गीतको भिडियोमा देशभक्ति भावलाई समेटिएको छ । गीतको म्युजिक भिडियो बिकल राना पहेलीले गरेका हुन् । राना पहेलीले यो गीतको म्युजिक भिडियो तयार गरेका हुन् । जसमा योगेश दाहालको छायाँकन र सम्पादन छ ।