‘बेचेर सपना मैले’ को लाखौँको टिकटक

‘बेचेर सपना मैले’ को लाखौँको टिकटक तरुण खबर १९ बैशाख २०७९, सोमबार १०:५७
‘बेचेर सपना मैले’ को लाखौँको टिकटक

अभिनयमा अब्बल मानिएका नायक पुष्प खड्काले पछिल्लो समय रिलिज भएको ‘बेचेर सपना मैले’ बोलको गीतबाट चर्चा पाइरहेका छन् ।यो गीतको भिडियोमा पुष्पले प्रेमिकाको वियोगमा तड्पिएको प्रेमीको भूमिकामा जिवन्त अभिनय गरेका छन् । अभिनय र डान्समा अब्बल मानिएका पुष्पको कामको तारिफ भैरहेको छ ।

यो भिडियोले टिकटकमा पनि दर्शकको साथ पाइरहेको छ । गीत सार्वजनिक भएको केही दिनमै टिकटकमा लाख भन्दा बढी टिकटक भिडियोहरु बनेका छन् । गीतको अडियो र पुष्पको अभिनयलाई दर्शकले रुचाएका छन् ।