तरुण खबर
२१ बैशाख २०७९, बुधबार १८:०१
काठमाडौं । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ । भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।
‘पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले भने, ‘१८ जना घाइते छन्।’ युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’उनले भने ।


