तरुण खबर
५ जेष्ठ २०७९, बिहीबार ०९:४१
काठमाडौं । ७५ औँ कान्स फिल्म फेस्टिभल २०२२ मँगलबारबाट फ्रान्समा सुरु भएको छ । यो महोत्सब मे २८ सम्म चल्नेछ । फिल्म फेस्टिभल मनोरञ्जन उद्योगमा धेरै कलाकार, सेलिब्रेटी र फ्यानहरूले प्रतिक्षा गर्ने उच्च–प्रत्याशित र प्रतिष्ठित कार्यक्रमहरू मध्ये एक हो । जसमा उद्योगका केही उत्कृष्ट कलाकारहरुको सहभागिता रहनेछ ।
यो महोत्सबमा सहभागी हुन अहिले विश्वबाट सिनेकर्मीहरु फ्रान्सको कान्स शहर पुगेका छन् । ७५ औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हलिउड देखि बलिउडसम्मका सेलिब्रेटीहरु पनि सहभागी भएका छन् । फरक सिनेमा प्रति चासो राख्ने विभिन्न देशका सिनेप्रेमीहरु समेत यो महोत्सबमा पुगेका छन् ।
कान्सका महासचिव फ्रान्कोइस डेस्रोसौक्सका अनुसार यो महोत्सबमा ३५ हजार व्यक्तिहरु सहभागी भएका थिए । यस पटक महोत्सबमा सहभागी हुनेहरुका लागि खोपको कागज अनिवार्य नगरिएको पनि उनले बताएका छन्,‘बिगत दुई वर्ष यो महोत्सबलाई कोरोनालाई रोको । तर अहिलेको अबस्थामा हामी कोरोनाको महामारीबाट सामान्य स्थितिमा आएका छौं र यो वर्ष कान्सलाई सफल पार्न हामी अहिले कार्यक्रमको पहिलो समारोहमा छौं ।’ फ्रान्कोईसले भनेका छन् ।
सँसार भरका सिनेकर्मीहरुको लागि सिने कुम्भ मेलाको रुपमा हेरिएको यो महोत्सबमा भारतबाट अभिनेता नवाजुद्दीन सिद्दीकी, अभिनेत्री पूजा हेगडे, संगीतकार ए आर रहमानलगायतका चलचित्र सेलिब्रेटीहरू सहभागी भएका छन् ।
कान्स फिल्म फेस्टिबलमा नेपालबाट अभिनेत्री सुरक्षा पन्त सहभागी हुँदै छिन् । आफु सो महोत्सबमा सहभागी हुनको लागि फ्रान्स जान लागेको उनले बताएकी छिन् । पन्त यो महोत्सबमा सहभागी हुनको लागि बुधबार फ्रान्स उडेकी छिन् । पन्तले अभिनय गरेको फिल्म ‘द एट माउन्टेन्स’ ७५ औं कान्स फिल्म फेस्टिबलमा छानिएको छ ।
यो फिल्मको छायाँकन केही प्रतिसत नेपालमा पनि गरिएको थियो । यो फिल्ममा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छिन् । यो फिल आउँदो जेठ ४ मा कान्समा प्रिमियर हुँदैछ भएसँगै पन्तले पनि सहभागी हुने अवसर पाएकी हुन् ।
यो फिल्मलाई नोबेल पुरस्कार बिजेता पुस्तक ‘द एट माउन्टेन्स’मा आधरित रहेर निर्माण गरिएको छ । यो फिल्मलाई बेल्जियन फिल्ममेकर फेलिक्स भान ग्रोएनिगेनले निर्देशन गरेका छन् ।


