तरुण खबर
११ जेष्ठ २०७९, बुधबार ०९:४८
यही भाद्र ३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘प्रेमगञ्ज’ को ‘तरबार’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको आइटम गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका बेनिशा हमाल बोल्ड अवतारमा प्रस्तुत छिन् ।
फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, सुरक्षा पन्त, पवन भट्टराई, संजोग रसाइली लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्मको यो गीतले दर्शकमा उत्साह बढाउने निश्चित छ ।
राजु फुयाँलको प्रस्तुतिमा तयार भएको यो फिल्मको ‘तरबार’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शबद, किरण भुषालको संगीत र दिक्षा थापा र सुरजशाही ठकुरीको स्वर छ । भिडियोमा संजय लामाको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।
गीतको भिडियो उत्कृष्ट छ । बेनिशाले नृत्यलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, धु्रव राज घिमिरेको लगानी छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता हुन् ।


