‘बाचा कसम’ म्युजिक भिडियो सार्वजनिक

‘बाचा कसम’ म्युजिक भिडियो सार्वजनिक तरुण खबर १५ जेष्ठ २०७९, आईतवार ०९:०७
‘बाचा कसम’ म्युजिक भिडियो सार्वजनिक

‘बाचा कसम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पवित्रा कार्कीको स्वर रहेको छ । नयन सिंहको शब्द रहेको गीतको यो ’फिमेल भर्सन’ हो । गीतको ’मेल भर्सन’मा भने विशाल निरौलाले आवाज दिएका थिए । गायिका पवित्रा कार्कीले गीतको ‘मेल भर्सन’ जस्तै ‘फिमेल भर्सन’लाई पनि दर्शकले रुचाउनेमा आशा व्यक्त गरेकी छन् ।

प्रेम र बिछोडको कथा बोकेको म्युजिक भिडियोमा नयन सिंह, स्मृति श्रेष्ठ र सन्देश कार्कीको अभिनय रहेको छ । भिडियोमा प्रस्तुत कथा र गीतको शब्द तथा संगीतले ‘बाचा कसम’ लाई विशेष बनाएको छ । गायिका कार्कीले गीतमा आफ्नो स्वर दिएर न्याय गरिन् । दर्शकले पनि गायिका कार्कीको तारिफ गरेका छन् । विक्रम चौहानको कथा र निर्देशन रहेको म्युजिक भिडियो युटुब च्यानल ‘एलबी प्रोडक्सन’ मा उपलब्ध छ ।