चितवन जिल्लाको ऐतिहासिक पृष्ठभूमि र घटना

चितवन जिल्लाको ऐतिहासिक पृष्ठभूमि र घटना परशु घिमिरे ५ असार २०७९, आईतवार १६:४०
चितवन जिल्लाको ऐतिहासिक पृष्ठभूमि र घटना

प्राचीनकालमा चितवन जिल्लाको केही खास क्षेत्रहरु धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण रहेका थिए । यस जिल्लाको पश्चिमतिर काली र त्रिशूली गङ्गाको संगम् स्थलमा देवघाट र त्यहाँ रहेका मन्दिरहरुले पौराणिकताको झलक दिन्छन् । यहाँ स्थापित गरिएका विभिन्न मूर्तिहरु लगायत चतुर्बाहू नारायणको मूर्ति ईशाको तेस्रो वा चौथो शताब्दीतिर हो भन्ने निष्कर्षमा विज्ञहरु पुगेका छन् भनी राप्ती उपत्यकामा जनकलाल शर्मा र कृष्णबम मल्लले लेख्नु भएको छ ।

पाण्डव नगरमा राम, लक्ष्मण, सीता र पञ्च पाण्डवका प्राचीन मूर्तिहरु पाइएको छ । त्यसको नजीकै परशुराम कुण्ड रहेको छ, जहाँ आएर महाभारत युद्ध समाप्त भएपछि पाण्डवहरुले आप्mनो हतियार सेलाएका थिए भन्ने जनश्रुती अहिले पनि सुनिन्छ । त्यसका अतिरिक्त जिल्लाको पश्चिमी–दक्षिणी भागमा वाल्मीकि आश्रम र अन्य धार्मिक महत्वका मूर्तिहरु रहेका छन् । यी सबै कुराहरुको पौराणिक र धार्मिक महत्वलाई स्मरण गरेर पनि ऐतिहासिक महत्वका दृष्टिले यस जिल्लासित सम्बन्धित बिषय वस्तुहरुको ज्यादै कमी रहेको तथ्यलाई भुल्न सकिदैन । हुनत राहुत सांस्कृत्यायनले राप्ती उपत्यका नामक पुस्तकमा आप्mनो सहमति लेख्दै भनेका छन्– पटना वा पाटली पुत्रबाट नेपाल उपत्यकालाई जोड्ने व्यापार मार्ग भिखना ठोरी र चितवन उपत्यका भएर जाने गर्दथ्यो । तर यस क्षेत्रमा अध्ययन र खोजी हुन बाँकी नै छ ।

कुनै पनि क्षेत्रको इतिहासको प्रवाहलाई अन्य विभिन्न कारण लगायत विशेषतः भौगोलिक अवस्थितिले निर्धारण गरेको हुन्छ । खासगरी मध्यकालदेखि राप्ती उपत्यकामा घना वन जंगल र हिस्रक पशुहरुको बाहुल्यता र प्राणघातक औलोको प्रकोप रहेको थियो । अर्को कुरा यो क्षेत्र उत्तरमा महाभारत लेक, दक्षिणमा चुरेको र सोमेश्वर पर्वतले घेरेको भित्री मधेशमा पर्ने भएकोले प्रायः जन आवादीको दृष्टिले उपयुक्त थिएन । त्यसैले २०२८ सालताकाको चितवनको इतिहास वर्तमान चितवन जिल्लाको प्रशासकीय सीमानाभित्र पर्ने उल्लेखनीय पहाडी प्रदेशको इतिहास मान्नु पर्ने हुन्छ । यस दृष्टिबाट चितवनको इतिहासमा सेन वंशी राजाहरुको चर्चा सबभन्दा पहिले गर्नु पर्ने हुन्छ । सेन वंशी राजाहरुमा मुकुन्द सेन प्रथम ई.सं. १५७५ देखि १६१० सम्मले पृथ्वीनारायण शाहभन्दा अघि वर्तमान नेपालको निकै ठूलो भू–भागलाई एकीकृत गरेका थिए । मुकुन्द सेनको मृत्यु देवघाटमा भएको बताइन्छ । यिनले सो स्थानमा गरेको शिवको मूर्तिलाई मुकुण्डेश्वर भनेर पूजा गर्ने गरिन्छ । तर यीनले आप्mनो विशाल राज्यलाई टुत्र्mयाएर आप्mना भाइ छोरा र शुभ चिन्तकहरुलाई भाग बण्डा लगाइदिएका थिए । उनका तेस्रा छोरा विहङ सेन अथवा भृंगी सेनको नवलपुर तनहुँ र त्यसको तराई प्रदेश परेको थियो भनी नेपालको ऐतिहासिक रुपरेखामा बालचन्द्र शर्माले लेख्नु भएको छ । तनहूँको सोझै दक्षिणमा रहेको समतल भू–भाग आजको नवलपुरमा पनि आउँछ । तैपनि जस्तो कि पछिको ऐतिहासिक विकासको विवरणले देखाउनेछ । नवलपुरसँगै जोडिएको चितवन समेत पनि तनहूँको तराई प्रदेशमा पर्न गएको अनुमान गरिन्छ ।

भृंगी सेनका सातौं पुस्तापछि राजा भएका त्रिविक्रम सेनको जीवनकालमा काठमाडौं पृथ्वीनारायण शाहले दखल गरिसकेका थिए । यिनको मृत्युपछि उनका छोरा कामारिदत्त सेन तनहूँका राजा भए । यसै समयमा पृथ्वीनारायण शाहले तनहूँ हात पार्न एक फौज त्यसतर्पm पठाएका थिए । त्यस फौजले छाङ मन पाङ र दुङ चुङका क्षेत्रहरुलाई कब्जा गरी तनहूँको राजधानी सुरलाई समेत घेरामा पारिरहेको थियो । कामारिदत्त सेन दिलका अति कमजोर हुनाले एकातिर गोरखालीका आक्रमणदेखि डराइरहेका थिए, अर्कातिर भाइहरु बिभिन्डिएर जाँदा असाहय भइरहेको हतास भई यीनले वि.सं. १६७० नोभेम्बर सालतिर आत्महत्या गरे भनी श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा इतिहासकार बाबुराम आचार्यले लेख्नु भएको छ । कामारिदत्त सेनपछि उनका भाइ हरकुरमारदत्त सेनले तनहूँको राजसक्ता आप्mनो हातमा लिए । तर समय भड्की सकेको थियो ।