पार्वती बहुमुखी क्याम्पसको शैक्षिक अवस्था र सम्भावना

पार्वती बहुमुखी क्याम्पसको शैक्षिक अवस्था र सम्भावना परशु घिमिरे ११ श्रावण २०७९, बुधबार ०९:२०
पार्वती बहुमुखी क्याम्पसको शैक्षिक अवस्था र सम्भावना

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पार्वती बहुमुखी क्याम्पस एक मात्र क्याम्पस हो । कुनै बेला काभ्रेपलाञ्चोक जिल्लाको पिछडीएको क्षेत्रको नाम लिँदा बेथाञ्चोक–२, ढुंखर्कको पनि जोडिने गर्दथ्यो । तर पछिल्ला दिनमा बेथाञ्चोकको विकासले फड्को मारिसकेको छ ।

आजका दिनसम्म आइपुग्दा महाभारतको काखमा रहेका काभ्रेपलाञ्चोक जिल्लाका गाउँबस्तीहरुमध्ये बेथाञ्चोकले सबैभन्दा तिब्र विकासको प्रकृयालाई अवलम्बन गरेको छ । यति छिटो फड्को मार्नुमा स्थानीय जनता र अगुवा राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई जस दिनु पर्दछ । विकासका न्यूनतम पूर्वाधारहरु शैक्षिक संस्था, सडक, बिजुली, खानेपानी, स्वास्थ्य तथा नगदेबाली लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हुनु मूलतः बेथाञ्चोकबासीहरुकै योगदान हो ।

यति हुँदाहुँदै पनि विकासको मुख्य मापदण्ड भनेको शिक्षा नै हो । शैक्षिक संस्थाहरुको स्थापनाले गाउँ गाउँमा सुविधा पुग्ने त छँदैछ । बाहिरबाट हेर्नेहरुका लागि पनि शिक्षित भएका बस्तीहरुप्रतिको दृष्टिकोण बैग्लै हुने गर्दछ । यस क्षेत्रको आवस्यकता र प्रतिष्ठा दुबैको ख्याल गर्दै बेथाञ्चोकबासीहरुले मावि र क्याम्पस गर्नुमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं भन्दा समग्र बेथाञ्चोकबासीलाई गौरवको अनुभूत हुनु स्वाभाविक हो ।

क्याम्पस स्थापनाको पहल शुरु गरेको एक वर्ष पुग्दा नपुग्दै २०६९ साल फागुन २२ गते स्वीकृति पाएका थियौं । यसका निमित्त समग्र बेथाञ्चोकबासी तथा क्याम्पस सञ्चालक तदर्थ समितिका अध्यक्ष भगवान घिमिरेलगायत सदश्यहरु प्रेमबहादुर तिमल्सिना, इन्द्रबहादुर तिमल्सिना, कमलप्रसाद तिमल्सिना, रोशन तिमल्सिना, ओमप्रसाद तिमल्सिना र सदश्य सचिव गोविन्दप्रसाद शर्मा (२०६७–७१) लाई विशेष धन्यवाद एवं आभार व्यक्त गर्दछौं ।

विशेषतः हाम्रा लागि यो ऐतिहासिक प्रतिष्ठापूर्ण उपब्धि थियो । आफ्नै घरदैलोमा स्नातक तहसम्मको अध्ययन गर्न पाउने अवसर जुटाउन बेथाञ्चोकबासी सफल भएका थियौं । यो प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा क्याम्पस सभामा भेला भएका छौं ।

यहाँहरुबाट प्राप्त हुने महत्वपूर्ण सुझाव र सहयोगले क्याम्पस संस्थागत गर्ने बेथाञ्चोकबासीको उद्देश्यमा महत्वपूर्ण बल पुग्नेछ । यसअघि क्याम्स सञ्चालन गर्न सकिएला र (?) भन्ने कुरा शुरुशुरुमा नउठेको भने होइन । माविको सफल सञ्चालनले पनि हामीलाई क्याम्पस स्थापनाका लागि हौसला प्रदान गरेको हो । स्थापनाकै वर्ष क्याम्पसमा ४५ जना विद्यार्थी भर्ना हुनुलाई उत्साहजनक नै मान्नु पर्दछ । त्यसमा पनि हामीले व्यवस्थापन (बीबीएस) र शिक्षा (बीएड) विषयको पढाइ हुने बहुमुखी क्याम्पस एकैचोटी स्थापना गरेका थियौं ।

कुनै पनि शिक्षण संस्थाको उन्नतिका लागि पहिलो पूर्वाधार भनेका विद्यार्थी तथा शिक्षकहरु नै हुन् । दोस्रो पूर्वाधार भनेको भौतिक हो । भौतिक पूर्वाधारका रुपमा करीब १० रोपनी जग्गा र क्याम्पसको दुई तले भवन सम्पन्न भई सकेको छ । केही जग्गा सप्ताहज्ञान महायज्ञ लगाएकाले दान स्वरुप प्राप्त भएको छ । बेथाञ्चोक गाउँपालिकाको ढुंखर्क, च्याम्राङबेसी, च्यासिङखर्क, चलाल गणेशथान र भूग्देऊ गरी बेथाञ्चोक गाउँपालिकाका बनेको हो । चुनौतीसँगै अवसर पनि उत्तिकै छ । त्यसमा पनि साविक गाविसहरु विकासशील छन् । यो पार्वती बहुमुखी क्याम्पस, बेथाञ्चोक–२ ढुंखर्कका लागि अवसर पनि हो । यसर्थ, स्नातक तहसम्मको शिक्षा लिनेहरुको हरेक वर्ष कम्तीमा दुई सय भयो भने विद्यार्थीकै शुल्कबाट राम्रोसँग क्याम्पस चल्न सक्छ भन्ने अनुमान अहिले नै गर्न सकिन्छ ।

बेथाञ्चोक गाउँपालिकाभित्र तीनवटा १२ कक्षासम्म संचालन भएका मावि रहेका छन्, जसमध्ये बेथाञ्चोक–२ ढुंखर्कको पार्वती मावि, बेथाञ्चोक–१ को चक्रेश्वर मावि र बेथाञ्चोक–५ को आत्मविकास मावि रहेका छन् । यी माविबाट उतिर्ण विद्यार्थीमध्ये कति स्थानीय कलेजमा पढ्छन् र कति रोजगारीका लागि अन्यत्र जान्छन् ? त्यसको संख्या एकिन गर्नु र स्थानीय रुपमै पढ्ने वातावरण बनाउनु हाम्रो लागि अर्को चुनौती हो । १२ कक्षा पास भएका विद्यार्थीले आर्थिक उपार्जनको लाइन समातोस् भन्ने हरेक अविभावकको चाहना हुन्छ नै । त्यसैले सीपमूलक प्राविधिक शिक्षा दिने विषयलाई पनि समेट्नु अनिवार्य जस्तै बन्ने देखिन्छ । यस पटक हामीले समृद्ध बेथाञ्चोकका लागि गुणस्तय उच्च शिक्षा नारा दिएका छौं ।

सम्भावित आर्थिक स्रोत
१) क्याम्पसको दिगो आर्थिक स्रोत भनेको विद्यार्थीबाट संकलन हुने शुल्क नै हो । तर खर्च धान्न सक्ने गरी विद्यार्थीबाट शुल्क संकलन हुने सम्भावना छैन । यो शुल्क १५ सयसम्म बनायो भने पनि धान्न सकिदैन । त्यसैले हामीले शुल्क बढाउनुभन्दा विद्यार्थी संख्या बढाउन लाग्नु पर्दछ ।

२) पालिकाबाट अनुदानको व्यवस्था गर्न सकिन्छ ।

३) निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसदका तर्पmबाट सांसद विकास कोषको बजेटमध्ये वार्षिक तीन लाख रुपैयाँ क्याम्पस संञ्चालनका लागि माग गर्न सकिन्छ ।

४) पालिकाले विभिन्न सिफारिसमा केही प्रतिशत शुल्क थप गरी त्यो रकम क्याम्पस सञ्चालनका लागि प्रयोग गर्न सकिन्छ ।

घिमिरे पार्वती बहुमुखी क्याम्पस बेथाञ्चोक–२ ढुंखर्कका अध्यक्ष हुन् ।