कोकाकोलाः गाँजा मिसिएको कोक बनाउने तयारीमा
कोरोना वियरः गाँजा मिसिएको वियर बनाउने तयारी
हाइनिकेनः गाँजा मिसिएको सोडापानी उत्पादनमा संलग्न
मोलसन कुअर्सः अल्कोहल रहित गाँजा बियर उत्पादन
ओरिजिनः गाँजाको फेसप्याक
सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधी मन्त्रालय गाँजालाई औषधिको सूचीमा राखेपछि यसले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान भएको छ । ग्राण्ड भ्यू रिसर्चले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०२५ सम्ममा गाँजाको विश्वव्या सार्वजनिक गरेको पी कारोबार एक सय ४६ दशमलव चार अर्ब अमेरिकी डलर पुग्नेछ । क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाईलगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकाशिने दावी गरिएको छ । साथै, औषधिजन्यबाहेक रमाइलो, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधिमा प्रयोग हुने भएकाले पनि यसको बजार बढ्दै जाने निश्चित छ । (डब्लु डब्लुडब्लु डट ग्रान्डभ्यूरिसर्च डट कम)
विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्टहरु गाँजाबाट हुनसक्ने असिमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत, चीन र जापानजस्ता देशहरु यसबाट हुनसक्ने असिमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् । अमेरिका र क्यानडालगायतका मुलुकले खर्बौं कमाउने देखेपछि चीन पनि अघोषित रुपमा गाँजा खेतीमा लागेको छ ।
भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ । रामदेव नेतृत्वको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले दुई वर्ष अगाडी अन्तर्वार्तामा गाँजालाई अपराधको कोटिमा राख्न नहुने भन्दै आपूmहरुले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गरिरहेका छन् । खर्बौं रुपैयाँको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन ।
मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदले समेत गाँजा प्रतिबन्धपछि रोल्पालगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
गाँजामा पाइने तत्वः सीबीडी– क्यानबीडायललाई छोटकरीमा सीबीडी भनिन्छ । गाँजामा पाइने दुई प्रमुख तत्वमध्ये यो एक हो । यसले नशाको अनुभूति नगराईकन वा अत्यन्तै कम मात्र मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्दछ । हाम्रोमा परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको भाङमा पनि सीबीडी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।
टीएचसीः टेट्राहाइड्रो क्यानाबीनोललाई छोटकरीमा टीएचसी भनिन्छ । यसले नशाको अनुभूति गराएर मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्दछ । हाम्रो परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको गाँजा वा भाङमा टीएचसी हुन्छ । यसले धेरै प्रकारका रोगको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।
दुई सय वर्षअघि लेखिएको पुस्तकमा के छ ?
नेपाली गाँजा र चरेशबारे नेपालकै नाममा पुस्तक लेखेर लिखित रुपमा व्याख्या गर्ने पहिलो व्यक्ति सम्भवतः कर्णेल कर्कप्याट्रिक हुन् । उनले एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल लेखेका थिए । उनले सन् १७९८ देखि सन् १८०५ सम्म हैदनारावादमा बेलायती प्रतिनिधिका रुपमा काम गरेका थिए । लगत्तै चिकित्सक फ्रान्सिस बुचानन् ह्यामिल्टनले सन् १८०२ देखि १८०३ मा १४ महिना नेपालमा एन एकाउण्ट अफ दी किङ्डम अफ नेपाल नामक पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तकमा लेखिएको छ– नेपालमा गाँजा एक प्रमुख झार हो ।
यो झारको नेपालमा खेती गरिँदैन र यसको अधिकतम उपयोग लागूपदार्थका रुपमा हुँदैन । यसको सुख्खा पात र चोप निकालेर प्रयोग गरिन्छ ।
पश्चिमा अनुसन्धानकर्ताहरुको नजरमा गाँजाका फाइदा
भगवान शिवसँग जोडिएर लेखिएका हिन्दू धार्मिक ग्रन्थहरमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । शुरुमा गाँजालाई छिःछिः दुरदुर गरेका पश्चिमा वैज्ञानिकहरुले नै पछि अनुसन्धानमार्पmत गाँजामा अमृत्व हुनसक्ने संकेत गरेका छन् ।
मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपार्नेलगायतका विषयमा पश्चिमाहरुले गरेको अनुसन्धानसँगै यसले क्यान्सरबाट हुने पीडा कम गर्नेसमेत प्रमाणित भइसकेको छ । पूर्वीय विज्ञानका हजारौं वर्षअघिका ग्रन्थहरुमा गाँजाका असीमित फाइदाहरु यसअघि नै लिपिबद्ध भएको पाइन्छ ।
नेपालमा गाँजा प्रतिबन्ध गराउने अमेरिकामै खुल्ला
विगतमा नेपालजस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै ३३ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ वटा प्रान्तमा गाँजामा पाइने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिकाभित्र यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको आंकलन गरिएको छ । सन् २०१७ मा अमेरिकाको कोलोराडोमा सन् २०१७ मा डेढ अर्ब बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार भएको तथ्यांक छ । स्वच्छ हावापानी, चिसो वातावरण र ३० भन्दा बढी विश्व चर्चित पसलको सटर बन्द गर्न बाध्य भएका थिए ।
गाँजा, चरेशको ठेक्काः गोरखापत्र दैनिकले गाँजा, चरेशको ठेक्का सम्बन्धमा अन्त शुल्क विभागको विक्रम सम्वत् २०२५ सालमा प्रकाशित गरेका सूचना ।
अन्तर्राष्ट्रिय बजार गाँजाको मूल्य
बर्लिनमा प्रतिकिलो साँढे १३ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अबैध भएको कारण यसको बजार मूल्यमा एकरुपता छैन । अवैध बनाइएकाले अर्बौं रुपैयाँ वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचविखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ । अवैध रुपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गीकरण गरेर प्रतिकिलो एक लाखदेखि आठ लाख रुपैयाँसम्ममा बिक्रि हुन्छ । (प्राइसअफविड डट कम)
अन्तर्राष्ट्रिय बजारमा गाँजा तथा चरेशको मूल्य (२०१९ अप्रिल २० मा लिइएको मूल्य)
काठमाडौंः २० रुपैयाँदेखि चार सय रुपैयाँ प्रति ग्राम
क्यानडाः आठ सय रुपैयाँदेखि ३५ सय रुपैयाँ प्रति ग्राम
अमेरिकाः १२ सय रुपैयाँदेखि ३३ सय रुपैयाँ प्रति ग्राम
बेल्जियमः ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँ प्रति ग्राम
नेदरल्याण्ड्सः नौ सय रुपैयाँदेखि १६ सय रुपैयाँ प्रति ग्राम
जर्मनीः १३ सय ६० रुपैयाँ प्रतिग्राम
गाँजाजन्य उत्पादनबाट आर्थिक कायापलट भएका दुई क्यानेडेली कम्निी
क्यानोपी ग्रोथ कर्पोरेसन
स्थापनाः सन् २०१३
उत्पादनः औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामग्री
शेयर मूल्यवृद्धिः गत वर्ष मात्र ३ सय प्रतिशत
हालको कम्पनी बजार मूल्यः १४ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आयः सन् २०१७ मा करीब डेढ अर्ब अमेरिकी डलर
अरोरा
स्थपनाः सन् २०१४
उत्पादनः औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध विविध सामाग्री
प्रारम्भिक लगानीः ५० लाख अमेरिकी डलर
हालको कम्पनी बजार मूल्यः १२ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आयः करीब साढे चार अर्ब अमेरिकी डलर, श्रोतः सन् २०१७
रोल्पा र रुकुममा गरिवी बढेको उदेक लाग्दो तथ्यांक
स्थानीयहरुले आफ्नो जीवन शैली विगतमा उच्च रहेको दावी गरेका छन् । तनिदशकअघि उनीहरुको जीवनशैली नेपालको पश्चिमी पहाडी क्षेत्रमध्ये उच्च थियो । विश्व प्रसिद्ध गुणस्तरीय चरेश उत्पादनका सन् १९३० अघिदेखि सन् १९७० को दशकसम्म (नेपालमा प्रतिबन्ध लाग्नुअघि) खाद्यान्न, गरगहना लगायतका वस्तु खरिद गर्ने क्षमता कुनै अप्ठ्यारो थिएन ।
मगर समुदायका महिलाहरु सुन र चाँदीका गहना सहजै खरिद गर्ने क्षमता राख्थें र रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता थिएन । दोस्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिथ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाइन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरुको जीवनस्तर खस्कन थालेको हो ।
सन् १९७६ र सन् १९८० को बीचमा उनीहरु सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरुको विचारमा चरेशमथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरु बाध्य भएर कालापहाड जानु परेको थियो ।
स्रोतः वेस्टर्न नेपाल कन्फलिक्ट एसेसमेन्ट पेज नम्बर १२, १३, १४,१७ र २१ मेरी कप्र्स २००३