सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोकमा भारी वर्षा तरुण खबर २१ श्रावण २०७९, शनिबार १०:१८
सिन्धुपाल्चोकमा भारी वर्षा

काठमाडौँ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार मेलम्ची नदी नाकोतेको जलसतह बढ्दो छ । सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।