हर्क साम्पाङलाई शुभचिन्तकको साइकल

हर्क साम्पाङलाई शुभचिन्तकको साइकल तरुण खबर ६ भाद्र २०७९, सोमबार ११:४४
हर्क साम्पाङलाई शुभचिन्तकको साइकल

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । मेयर साम्पाङले आज सामाजिक सञ्जालमा तस्बिर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन्।

उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन्। त्यस्तै उनले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना समेत उनले अगाडि बढाएका छन् ।