तरुण खबर
२१ भाद्र २०७९, मंगलवार १०:०२
काठमाडौँ । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्। केही दिन यता साम्पाङले लगातार साहमाथि स्ट्याटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ।
यसै क्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टीकरण दिएका हुन्। साम्पाङले खोल ओढेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मेरो फाइट बालेन जी सँग होइन झोलेहरूसँग हो खासमा, जो खोल ओढेर आइरहेका छन्।’


