मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर तरुण खबर ९ आश्विन २०७९, आईतवार १८:२४
मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

काठमाडौँ । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका हुन् ।

सङ्घीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखेको उनले बताएका छन् । यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दाबाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’