तरुण खबर
९ कार्तिक २०७९, बुधबार १०:५६
काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री जीया केसीसँगकाे सम्बन्धलाई निर्णायक मोड दिने बताउनु भएकाे छ । अभिनेता भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेर सम्बन्ध अगाडि बढाउनु भएकाे हाे ।
उहाँले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै जीयाको नाम नै नलिई घुमाउराे शैलीमा छिट्टै विवाह गर्ने बताउनु भएकाे हाे। यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताउनु भएकाे हाे ।
अन्तर्वार्ताकाे क्रममा उहाँले भन्नुभयाे,‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु। परिवार सकारात्मक हुनुहुन्छ र चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।
यसअघि अभिनेता भुवनकाे दुई विवाह भएर सम्बन्धविच्छेद भइसकेकाे छ । आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०-२५ वर्ष भइसकेको छ । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरे पनि दोस्रोसँग बोलचाल हुँदैन ।


