खाडीबाट एमाले नेता डा. सूर्य पाठकलाई खुलापत्र

खाडीबाट एमाले नेता डा. सूर्य पाठकलाई खुलापत्र तरुण खबर ११ कार्तिक २०७९, शुक्रबार ११:३३
खाडीबाट एमाले नेता डा. सूर्य पाठकलाई खुलापत्र

नेकपा एमालेका उदयीमान युवा नेता तथा विद्यार्थी कालमा त्रिचन्द्र क्याम्पसमा गगन थापालाई टक्कर दिएका डा. सुर्य पाठकलाई मरुभूमिको देश कतारबाट अभिवादन । तपाईको बोल्नेकलाले मलाई कहिले काहिँ मदन भण्डारीको झ–झल्को आउँछ ।

डा. पाठकज्यू, तपाई बाग्लुङ क्षेत्र नम्बर १ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा दोस्रो पटक उम्मेदवारी दिएपछि तपाईंको छोटो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे मेरा साना आँखाले देखेको कुरा लेख्दै छु ।

तपाईं बिजयी भएर प्रतिनिधि सभामा जानु भएपछि त्यहाँबाट हामी जस्ता बिदेशीएका युवाका बारेमा र देशका लागि लोकप्रिय र सफल कार्यक्रम बनाउन तपाईले ठूलो भूमिका खेल्नु हुनेछ भन्ने विश्वास लिएको छु ।

विकास भन्ने कुरा आजको भोलि हुने होइन् । सयमसँगै विस्तारै हुँदै जाने कुरा हुन् । जनताको ल धेरै राम्रा कामहरू तपाईंले त्यहाँ गर्नु हुनेछ भन्नेमा दुईमत नहोला ।

तपाईले निर्वाचन जितेर केन्द्रीय राजनीतिमा हाम्रो तर्फबाट दरिलो उपस्थिति बनाउदै इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ नेतालाई सम्मान गर्ने वातावरण भन्ने छ भन्नेमा आशावादी छु । भ्रष्टाचारी, घुसखोरी र नैतिकहिन नेताको बिरोध गर्ने चलन चलाउनुहोला भन्ने शुभकामना दिन चाहन्छु ।

हाम्रो समाजमा चाप्लुसी र चाकडीबाजको एउटा समुहले जरा गाडेर बसेको छ । ठूलाबडाहरू आफूलाई भगवानसरह ठान्ने र हरदम शक्तिको चाकडी र आरती खोज्नहरु धेरै नै छन् । त्यो संकारबाट तपाई मुक्त हुनुहुने छ भन्ने आशा गरेका छौै।

विगतमा महाभूकम्पले थिलथिलो पारेको हाम्रो नेपाललाई भारतले नाकाबन्दी गरेर जुन छिमेकीको धर्म निभायो । त्यो गलत थियो । नाकाबन्दीको खराव अवस्थामा हामीलाई राजनेता केपी ओलीले जुन साहसका साथ किनारा लगाउनुभयो, त्यसपछि नेकपा एमालेप्रति हामी नेपाली जनताको विश्वास र आस्था बढेकको पक्कै होला ।

जनतालाई अब एमाले नै देशलाई सही दिशामा लैजान्छ भन्ने विश्वास जागेको छ । काग्रेस सरकारले गरेका धेरै गल्तीको कारण नै जनताको प्रिय पार्टी एमाले भएको छ ।

हुन त राजनीतिलाई फोहोरी खेल भन्ने गरिन्छ । तर तपाईंले आफ्नो व्यवसाय र बिदेश नै छाडी राजनीतिमा लागेको भन्ने जुन अभिव्यक्ति दिनुभयो । त्यसले लाग्छ तपाईभित्रको देशप्रेमको भावना अझ सुदृढ भएर जागोस भन्ने हाम्रो तर्फबाट शुभकामना छ ।

नेपालका राजनीति पार्टीले नेपालीलाई खासै खुसी र सन्तुष्टि दिन सकेनन बरु उल्टै वितृष्णा, बेरोजगार र अभाव मात्र दिए । जसले गर्दा साठी लाख हामी नेपाली युवाहरू घरपरिवारबाट टाढा खाडीको तातो हावा खान बाध्य भएका छौँ । धेरै प्रतिभावान युवाहरु विदेश पलायन हुन बाध्य भएका छौ । देशमा रोजगारीका अवसर छैनन् । उद्योग कारखानाहरु चलेका छैनन् । पुरानो पुस्तमा देश चलाउने भिजन छैन् ।

देशभित्र अहिले युवाहरुले नेतृत्व लिनु पर्छ भन्ने चर्को आवाज उठेको छ तर बिडिम्बना तपाई ८८ वर्षिया उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । केन्द्रीय नेतृत्वले जर्वजस्ती लागेको निर्णय मान्न मतदातालाई बाध्य पार्न खोजियो छ त्यसो गतल निर्णय हो भन्ने छिट्टै सावित हुनेछ ।

राष्ट्र प्रेमको त्यही सानो सन्देशले ल्याएको त होइन भनेर अनुमान पनि लगाउन सकिन्छ । मैले धेरै अघि भनेको थिएँ । राष्ट्रको माया एउटा यस्तो कुरा हो जसले सारा राष्ट्रभरिका मानिसलाई खुशी बनाउन सक्छ । किन की हामीले यो कुरा उजाड मरुभूमि बसेर भोगेका छौ । आज त्यही राष्ट्र र राष्ट्रियताको मायाले गर्दा मुरुभूमि पसिना बगाइरहेका छौ ।

नेपालमा एकातिर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लोकप्रिय छ, अर्कातिर गाउँ रित्तिएको रित्तियै छ, बाँझो खेत बढेको बढ्यै छ । समृद्धि भनेको युवाहरू गाउँबाट लखेटिने र रेमिट्यान्सले देश धान्ने बनेका छ । देशमा डोजर गाउँमा, युवा खाडीमा भन्ने नाराले सार्थक हुदै गएको छ ।

गाउँघरबाट विस्थापित हुनु, न्यूनतम जीविकाका निम्ति शोषित अवस्थामा श्रम गर्नुलाई विकास मान्न मिल्दैन । गाउँमा बढ्दो खेती योग्य जमिनको बाझोपन हटाउन र खेती योग्य जमिनलाई जंगलमा परिणत हुनबाट जोखाउन तपाई जस्तो युवा नेताहरुले मात्र भिजन ल्याउन सक्छ । त्यसैले तपाईको जित एउटा सुन्दार भविष्यको लागि अनिवार्य छ ।

तपाईंको स्वाभिमान, निष्ठा र आर्दश पार्टीमा अझ बलियो भएर जानेछ र पार्टीलाई सही दिशामा मार्गदर्शन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।

अन्तः खाडी मुलुक नेपालीहरुको पसिनाले बनेका हुन् । करतामा हुने विश्वकप फुटवलको लागि आवश्यक गगन चुम्बी स्टुडियमहरु हाम्रै पसिनाले बनेका हुन् । खाडी मुलुकमा पसिना बनाएका नेपालीहरुको पसिनाले देशलाई राप र ताप दिएको होला तर प्रकाश दिएको छैन् । हामी हाम्रो पसिना आफ्नै मातृभूमिमा बगाउन चाहन्छौं । देश बनाउनको भिजन र ईच्छा शक्ति भएको नेतृत्व चाहिन्छ ।

खाडी मुलुकहरु तपाई जस्ता युवा नेतृत्वहरुको भिजनले बन्न सफल भएका हुन् । हाम्रो तपाई जस्ता युवा उम्मेदवारप्रति ठूलोे भरोसा रहेको छ । हामी यसअघि नेकपा एमाले सारेकै नारा अनुसार आफ्नो गाउँ आफै बनाऔैमा आबद्ध हुन चाहन्छौं । र, ‘हाम्रो पसिना, हाम्रै देशमा’ भन्ने अभियानमा लागेर मातृभूमिको सेवा गर्न चाहन्छौै ।

आगामी निर्वाचमा जितको लागि शुभकामना !

मरुभूमिको देश कतारबाट

सन्तोषकुमार शर्मा
२८ नोभेम्बर २०२२