आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सुरु

आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सुरु तरुण खबर १५ कार्तिक २०७९, मंगलवार १०:४७
आजदेखि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस सुरु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै छ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।

आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिए लगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने बताइएको छ ।