तरुण खबर
३ मंसिर २०७९, शनिबार ११:४८
मुम्बई । बलिउड अभिनेता अनुपम खेरले आफु आर्थिक रुपमा टाट पल्टँदा अभिनेता अमिताभ बच्चनले अघि बढ्ना प्रेरणा दिएको बताएका छन् । एक अन्तर्वार्तामा अनुपम खेरले भनेका छन्, ‘सन् २००४ मा यस्तो समय आयो । जबकी त्यतिबेला म पूर्णरुपमा पैसाविहीन भएको थिएँ । तर, अभिनेता अमिताभको प्रेरणा र सहयोगले मै फेरि करियर सुरु गरेँ ।’
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अनुपम खेरले आफू कुनै पनि व्यवसायिक दिमाग नभएको र यही कारणले सन् २००४ मा टाट पल्टेको बताएका छन् । बार्ताको क्रममा अनुपमले अमिताभकै कारण आफूले फेरि आर्थिक रुपमा माथि उठ्न सकेको जिकिर गरेका छन् । यस्तै द कपिल शर्मा शोमा बोल्दै अनुपम खेरले आफु निकै घमण्डी भएको र त्यो घमण्ड अमिताभ बच्चनले हटाएर बुद्धिको साथ अघि बढ्न प्रेरणा दिएको पनि खुलाएका छन् ।
अनुपम खेरले भने, ‘मैले २५–३० फिल्म गरिसकेको थिएँ । मलाई पँखा वा एसी चाहिन्छ भन्दै चेन्नईमा सुटिङ गर्दा मैले एसी कहाँ छ भनेर सोधेको थिएँ । म एसी वा पँखा बिना काम गर्न सक्दिन भन्दै पँखा लिएर आउन भनेको थिएँ । त्यसपछि मैले पहिलो दृश्य कोसँग छ भनेर सोधें र अगाडिको व्यक्तिले बच्चन सरसँग भने ।’
अनुपमले अगाडि भने,‘सोही फिल्मको सेटमा अमिताभ बच्चनलाई दाह्री, जुँगा र विग खेलिरहेको देखे । म आफैले उहाँलाई भेटेर नमस्कार गरेँ । त्यतिबेला अमिताभ बच्चनले मलाई हेरेर आउ, छेउमा बस भन्दै आग्रह गर्नु भयो ।’
यस्तो यो गर्मीमा दाह्री, जुँगा र विग लगाएर तपाई कसरी बस्न सकेको भन्दै आफुले सोधेको प्रश्नमा अमिताभले गर्मीलाई अनौठो मान्नुहोस्, गर्मी लाग्दैन भनेपछि आफुले त्यसै गरेको यी अभिनेताले बताए ।
अमिताभले त्यतिबेला गर्मी खपेर काम गरेको देखेपछि आफुले पनि उनकै सिको गरेको र त्यसपछिको दिनमा सुटिङमा एसी र पँखाको माग गर्न छाडेको उनले बताए । आफुले सुटिङमा यसरी सुविधायुक्त कुराको माग गर्न छाडेर परिस्थितिको सामना गर्न थालेपछि निर्माता निर्देशकले आफुलाई निरन्तर काम दिएको पनि उनले बताएका छन् ।


