कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ तरुण खबर ९ मंसिर २०७९, शुक्रबार १७:२४
कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।  मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह  स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।  ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।