आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ जना विद्यार्थी घाइते

आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ जना विद्यार्थी घाइते तरुण खबर १३ पुष २०७९, बुधबार १०:३७
आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ जना विद्यार्थी घाइते

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी सङ्गठनका नेताहरूबिच विवाद हुँदा तीन जना विद्यार्थी नेता घाइते भएका हुन्।

अखिल निकट विद्यार्थीहरूबिच सङ्गठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ।