सिर्जु अधिकारीको आइया मार्यो बजारमा

सिर्जु अधिकारीको आइया मार्यो बजारमा तरुण खबर १६ पुष २०७९, शनिबार १२:०५
सिर्जु अधिकारीको आइया मार्यो बजारमा

काठमाडाैं । स्थायी घर दाङ्ग भएकी लोकप्रिय गायिका सिर्जु अधिकारी बिगत निकै लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेकी छिन् । उनले अहिले सम्म थुप्रै गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाईलाई मझ्बुद बनाइसकेकी छिन् ।

केहि समय अगाडी मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलतामा कर्मघर पनि गीत संगीतलाई अन्यन्त मोह दर्साउने भएको हुँदा उनले फलस्वरूप भर्खरै मात्र “आइय मार्यो” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिब हमालले लय तथा शब्द भरेका छन् भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ ।

भिडियोमा लोकप्रिय हाँस्य कलाकार सागर लम्साल बले र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । “आइय मार्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका छन् । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो ।

भिडियोमा छायांकन नबराज उप्रेतीको रहेको छ भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।