तरुण खबर
८ माघ २०७९, आईतवार ११:२३
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौँमा भएको छ। बत्तिस पुतलीमा आज बिहान ८ बजेदेखि भेला जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन भेला भएको हो।
भेलामा १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी, शीर्ष नेता, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन्।


