बलात्कार आराेपमा एक जना पक्राउ

बलात्कार आराेपमा एक जना पक्राउ तरुण खबर १२ फाल्गुन २०७९, शुक्रबार १६:०८
बलात्कार आराेपमा एक जना पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।