निर्माण कार्य राति ८ बजेपछि गर्न महानगरको आग्रह

निर्माण कार्य राति ८ बजेपछि गर्न महानगरको आग्रह तरुण खबर ४ बैशाख २०८०, सोमबार ११:४३
निर्माण कार्य राति ८ बजेपछि गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गर्दै राति ८ बजेपछि मात्रै गर्न भनेको छ ।

“सडक पेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडक पेटीमा धूलो पोहोर राख्न वा छोड्न पाइने छैन,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माण स्थल सङ्केतसहित छेकबार लगाउनुपर्नेछ ।”

सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसम्म रातिको ८ बजेपछि मात्र गर्न/गराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

निर्माण स्थलमा घेरावर नलगाई वा सङ्केत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्ने सूचनामा उल्लेख छ ।