माओवादी केन्द्रका २० सदस्य टोली चीन प्रस्थान

माओवादी केन्द्रका २० सदस्य टोली चीन प्रस्थान तरुण खबर ५ जेष्ठ २०८०, शुक्रबार १२:२३
माओवादी केन्द्रका २० सदस्य टोली चीन प्रस्थान

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । आजै छिन्दु प्रस्थान गरेको हो ।

भ्रमण दलमा माओवादी(केन्द्र)का उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु , सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।