तरुण खबर
१२ जेष्ठ २०८०, शुक्रबार १२:४०
संखुवासभा । संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ । खाँदबारी नगरपालिका–१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ । युनाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।


