निषेधित क्षेत्र भोटखोलाबाट एक जना विदेशी नागरिक पक्राउ

निषेधित क्षेत्र भोटखोलाबाट एक जना विदेशी नागरिक पक्राउ तरुण खबर २८ जेष्ठ २०८०, आईतवार १९:२६
निषेधित क्षेत्र भोटखोलाबाट एक जना विदेशी नागरिक पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका –१ किमाथांका नाकाबाट एक जना विदेशी नागरिक पक्राउ परेका छन् । आइतबार दिउँसो बुल्गेरियाकी ३७ बर्षीया ग्यालिना इभाल्कोभन बोनालोभलाई निषेधित क्षेत्र भोटखोला –१ को मकालु बरुण राष्ट्रिय निकुञ्ज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक बीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

निषेधित क्षेत्रबाट फेला परेकी बुल्गेरियाकी नागरिक ग्यालिना दुतावासमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक गोदारले बताउनुभयो । उनको स्वास्थयमा समेत समस्या रहेका कारण हेलिकप्टर माग गरिएको प्रहरी नायव उपरिक्षक गोदारले बताउनुभयो ।

उनलाई अहिले किमाथांका प्रहरीले नियन्त्रणमा लिएका राखेको छ । उनी किमाथांका नाका आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । किमाथाङ्का नाका बाट सदरमुकाम खाँदबारी आइपुग्न तीन दिन लाग्छ ।