लामो समय पानी नपरेपछि महादेबसँग गुहार !

लामो समय पानी नपरेपछि महादेबसँग गुहार ! तरुण खबर २८ जेष्ठ २०८०, आईतवार १९:३४
लामो समय पानी नपरेपछि महादेबसँग गुहार !

चितवन । चितवनमा लामो समय देखी पानी नपरेपछि महादेवसँग पानी मागेका छन् । लामो समयदेखि पानी नपरेको र चितवनमा अत्याधिक गर्मी बढेपछि चितवनका युवाहरु मिलेर ‘हर हर माहदेब पानी देउ देउ’ कार्यक्रमको आयोजना गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १ को गौरेश्वर पशुपति मन्दिरमा महादेबको पुजा आजा गरेर पानी माग्दै बजार परिक्रमा गरेका छन् ।

पानी माग्ने कार्यक्रममा बाजागाजासहित पानी माग्दै नारायणगढ बजार परिक्रमा गरेका छन् । पानी माग्दै हिंड्नेहरुलाई घर घर बाट पानीको बर्षा गरेर स्वागत गरेका थिए ।

पानी नपरेपछि अत्याधिक गर्मीका साथै बिरामीको संख्या बृध्दि हुदै जानुका साथै खेति बाली पनि सुक्दै जान थालेपछि महादेबसँग पानी मागेको युवाहरुको भनाइ छ ।