तरुण खबर
३० जेष्ठ २०८०, मंगलवार ११:४५
मुम्बई । पछिल्लो समय ओटिटी प्लेटफर्ममा सिनेमाले भन्दा राम्रो व्यापार वेभ सिरिजले गर्न थालेको छ । सोही कारण पनि महँगो पारिश्रमिक दिएर अभिनेता अभिनेत्रीहरुलाई आजकाल वेभ सिरिजमा खेलाउन क्रम बढेको छ । जसका कारण ओटीटीको सफलताको अनुमान यस तथ्यबाट गर्न सकिन्छकि फिल्मका प्रत्येक शीर्ष अभिनेता र अभिनेत्रीहरू पनि अब वेब सिरिजको हिस्सा बनिरहेका छन् ।
विगतका वर्षहरूमा अजय देवगन देखि सुस्मिता सेन, काजोल, माधुरी दीक्षित सम्म सबै ओटिटी प्लेटफर्ममा वेभ सिरिज तथा फिल्म मार्फत प्रस्तुत भए ।
हालै सोनाक्षी सिन्हाले पनि ओटीटीमा डेब्यु गरेकी थिइन् । यी अभिनेत्रीले ओटिटी फिल्म ‘दहड’का लागि ४ करोड पारिश्रमिक लिएकी छिन् । यी बाहेक सुस्मिता सेनले प्रत्येक वेब सिरिजका लागि २ करोड पारिश्रमिक लिने गरेकी छिन् । ती यी दुबै अभिनेत्रीलाई दक्षिण भारतीय अभिनेत्री समान्थाले उछिनेकी छिन् । उनी ओटीटी क्वीनको रुपमा लोकप्रिय भएकी छिन् ।
लोकप्रिय ओटिटी शृङ्खला ‘द फैमिली म्यान द्द’ को मुख्य कलाकार दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले यो सिरिजबाट सर्वाधिक चर्चा कमाएकी हुन् । यो सिरिजको सफलतापछि रातारात उनी ओटिटी प्लेटफमएको लागि हिट भएकी छिन् । दक्षिणी भारतमा मात्र होइन, देश बिदेशका दर्शकले उनको कामको प्रसँसा गर्न थालेका छन् । यस्तो यसै क्रममा अन्तराष्ट्रिय सिरिज ‘सिटाडेल’ मा पनि सामन्था जोडिएकी छिन् ।
यो शोका लागि सामन्थाले आफ्नो शुल्क बढाएको र अहिले त्यसका लागि १० करोड भारु लिएको समाचार छ । यो वेभ सिरिजका लागि भारतीय नायिकाहरुले लिएको अहिलेसम्मकै महँगो पारिश्रमिक हो ।
सिटाडेलको भारत अन्तरगतको शुंखलामा वरुण धवन र सामन्था मुख्य भूमिकामा छन् । यो सिरिजमा दुवै कलाकार ब्याङ एक्सन अवतारमा देखिने भएका छन् ।


