तरुण खबर
६ असार २०८०, बुधबार १९:३३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानमा नेपाल भाषामा पनि सूचना प्रवाह हुने भएको छ। काठमाडौँ महानगरपालिकाले यात्रुको सुविधाका लागि भन्दै स्थानीय भाषामा सूचना प्रवाह गर्न लागेको काठमाडौँका मेयर बालेन्द्र साहले बताए।
बुधबार महानगरको वार्षिक नीति प्रस्तुत गर्दै मेयर साहले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपाल भाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ।”
काठमाडौँमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचना प्रवाह हुँदै आएकोमा नेवारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ।


