स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ ।
हिजाे मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिब ६०/७० वटा अरिङ्गाल टोक्दा घाइते भएका थिए ।
स्थानीयको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उपचारका क्रममा राति १ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
अरिङ्गाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको स्थानीयले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका स्याङजाका प्रहरी नायव उपरिक्षक रबिन्द् खनालले जानकारी दिए ।