तरुण खबर
६ चैत्र २०८१, बुधबार ०९:३९
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । आठ दिनका लागि अन्त्तरिक्ष गएका उनीहरू स्पेसएक्सको अन्तरिक्ष यानमा फर्किएका हुन् ।
बीबीसीका अनुसार उनीहरु स्पेसएक्सको क्याप्सुलमा फ्लोरिडाको तट नजिक एटलान्टिक महासागरमा अवतरण गरेका थिए ।
सुनिता र बुच नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा थिए । उनीहरू दुवैले ५ जुन २०२४ मा यस परीक्षण अभियानका लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवैजना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेसनमै बस्नु परेको थियो ।


