गायक दुर्गेश थापाले एसइइ परीक्षा अवधिभर स्टेज शो नगर्ने

गायक दुर्गेश थापाले एसइइ परीक्षा अवधिभर स्टेज शो नगर्ने तरुण खबर ६ चैत्र २०८१, बुधबार १२:२१
गायक दुर्गेश थापाले एसइइ परीक्षा अवधिभर स्टेज शो नगर्ने

काठमाडौं । अहिलेका चर्चित गायक दुर्गेश थापाले अबको १० दिनसम्म कुनै पनि स्टेज कार्यक्रम नगर्ने घोषणा गरेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा हुने मेला, महोत्सव र सांगीतिक कार्यक्रममा दुर्गेशलाई बोलाउने लहर नै चलेको थियो ।

गायक थापाले बिहीबारबाट सुरु हुने एसईइ परीक्षालाई मध्यनजर राख्दै १० दिनका लागि स्टेज कार्यक्रम नगर्ने निधो गरेका हुन् । ‘भोलिबाट सुरुहुन गैरहेको एसईई परीक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना दिँदै परीक्षा अवधीभर म नेपालका कुनै पनि कार्यक्रम नलिने घोषणा गर्दछु,’ बुधबार बिहान दुर्गेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

पछिल्लो समय उनी ‘दुश्मन हेरेको हेर्यैं’…बोलको गीतबाट चर्चित भएका छन् । उनको गीत ग्लोबल युट्युबको ट्रेन्डिङमा परेको छ ।
आफ्नो गायकीको विरोध गर्नेहरुलाई जवाफ दिने दुर्गेशले गीत लेख्ने र गाउने गरेको देखिन्छ । उनका गीतका शब्द र दृश्यले पटकपटक उनलाई विवादमा तानिरहन्छ भने कहिले प्रहरी हिरासतमा समेत पु¥याउने गरेको छ ।

दुर्गेश र भिटेन जति कन्ट्रोभर्सीमा पर्ने गायक सायदै होलान् । तर पनि उनले अहिले आफूले कुनै पनि मेला, महोत्सवमा जाँदा दुई लाख लिने गरेको, हेलिकोप्टरमा जाने गरेको भनेर स्टन्ट गर्दै आएका छन् । यही विषयलाई लिएर चर्चित गायिका ज्योति मगरले सामाजिक सञ्जालमा दुर्गेश थापालाई कटाक्ष गर्ने गरेकी छन् ।