अमेरिकामा पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज

अमेरिकामा पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज तरुण खबर ९ चैत्र २०८१, शनिबार १०:३३
अमेरिकामा पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज

काठमाडौं । अमेरिकाले क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाबाट पुगेका पाँच लाखभन्दा बढी आप्रवासीरूको अस्थायी कानुनी अधिकार खारेज गरेको छ । यसअघिको अमेरिकी सरकारले पाँच लाख ३० हजार आप्रवासीलाई सीएचएनभी नामक प्रायोजन प्रक्रियामा बैधता दिइएको थियो ।

अस्थायी कानुनी अधिकार खारेज गरिएका आप्रवासीलाई अमेरिका छोड्न सचेत गराइएको संघीय सरकारको सूचनामा उल्लेख गरिएको छ । राष्ट्रपतिको पदभार सम्हाल्ना साथ डोनाल्ड ट्रम्पले यस्ता खालका कार्यक्रमलाई स्थगित गरेका थिए ।

साढे पाँच लाख आप्रवासीमध्ये कतिले अस्थायी कानूनी अधिकार प्राप्त गर्न सकेका छन् भन्ने यकिन छैन । अघिल्ला राष्ट्रपति जो बाइडनको कार्यकालमा २०२२ मा सुरू भएको कार्यक्रमले आप्रवासी र तिनका परिवारका सदस्यलाई अमेरिकी स्पोन्सर भएको खण्डमा अमेरिकामा उडान भर्न र अस्थायी आप्रवासनको रुपमा दुई वर्षसम्म बस्न अनुमति दिन्थ्यो ।