दुई घन्टा ढिलो गरी सुरु भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

दुई घन्टा ढिलो गरी सुरु भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तरुण सम्वाददाता १० चैत्र २०८१, आईतवार १५:५२
दुई घन्टा ढिलो गरी सुरु भो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टी सदस्यता नवीकरण, आगामी कार्यक्रम तय गर्नेलगायतका विषयमा छलफल हुनेछ । यस्तै, राजावादीको गतिविधिबारे पनि छलफल हुने नेताहरुको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीहरु कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा व्यस्त भएकाले पनि कार्यसम्पादन समिति बैठक ढिला सुरु भएको हो ।
सानेपामा अहिले कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रकुमार सिंह जो भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्, उनलाई कारबाहीको माग गर्दै सर्लाहीका कांग्रेस नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।