तिब्बतमा गएको भूकम्पले फेरि नेपालमा धक्का

तिब्बतमा गएको भूकम्पले फेरि नेपालमा धक्का तरुण संवाददाता १३ चैत्र २०८१, बुधबार १९:१५
तिब्बतमा गएको भूकम्पले फेरि नेपालमा धक्का

काठमाडौं । बुधबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिब्बतस्थित तिङ्ग्री प्रान्त आसपास केन्द्रबिन्दु भएर ५..५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यस क्षेत्रमा यसअघि गत २४ पुसमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

पछिल्लो समय पटकपटक नेपाल र चीन सीमा नजिक भूकम्प गइरहनुलाई भूगर्भविद्हरूले अर्थपूर्ण रूपमा लिएका छन् ।