भाटभटेनी जोगाउने बहादुर सुरक्षागार्ड पराजुलीलाई पाँच लाख पुरस्कार

भाटभटेनी जोगाउने बहादुर सुरक्षागार्ड पराजुलीलाई पाँच लाख पुरस्कार तरुण संवाददाता २० चैत्र २०८१, बुधबार १०:३४
भाटभटेनी जोगाउने बहादुर सुरक्षागार्ड पराजुलीलाई पाँच लाख पुरस्कार

काठमाडौं । भाटभटेनी सुपरमार्केटले चैत १५ को राजावादी हिंसात्मक घटनामा डिपार्टमेन्टल लुट्न आएका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई पाँच लाख रुपैयाँ पुरस्कार दिएको छ ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले पराजुलीलाई बुधबार बिहान पाँच लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवा गरेका हुन् । मीनबहादुरले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे । कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

पराजुलीले भाटभटेनी लुट्न र तोडफोड गर्न आएका दर्जनौं राजावादी प्रदर्शनकारीलाई लाठीले कुट्दै खेदेका थिए । सयौैंको संख्यामा आएका प्रदर्शनकारीसाग बहादुरीपूर्वक भिडेका पराजुलीले ज्यानको प्रवाह नराखी आफ्नो कर्तव्य पूरा गरेको भिडियो भाइरल बनेको थियो । उनकै बहादुरीका कारण भाठभटेनीमा ठूलो क्षति हुनबाट रोकिएको थियो । पराजुली भाटभटेनीमा २० वर्षदेखि सुरक्षागार्डका रूपमा कार्यरत छन् ।