रविलाई कारागार चलान गर्ने उच्चको आदेशविरुद्ध सर्वोच्चमा रिट निवेदन

रविलाई कारागार चलान गर्ने उच्चको आदेशविरुद्ध सर्वोच्चमा रिट निवेदन तरुण खबर २९ चैत्र २०८१, शुक्रबार १५:३०
रविलाई कारागार चलान गर्ने उच्चको आदेशविरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी गरेकी छन् ।

जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीको कसुरमा रविलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै उच्च अदालतले रविलाई चैत २२ गते कारागार पठाउने आदेश सुनाएको थियो ।

अदालतको आदेश आएको दुई घन्टा नबित्दै रविलाई सोही दिन राति काठमाडौंस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरी भैरहवा लगेको थियो । तर उनलाई मंगलबार मात्र कारागार पठाइयो । निकिताले उच्चको आदेश बदर गर्दै रविलाई साधारण तारेखमा छाड्न मागसमेत गरेकी छन् ।