सरकारले प्रचलनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल

सरकारले प्रचलनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल तरुण संवाददाता १८ बैशाख २०८२, बिहीबार ११:३४
सरकारले प्रचलनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल

काठमाडौं । मे दिवसको दिन पारेर नेपाल सरकारले राइड सेयरिङ एप ‘श्रमसंसार’ प्रचलनमा ल्याएको छ । प्रधानमन्त्री केपी ओलीले राइड सेयरिङ एपबारे जानकारी दिएका हुन् ।

सार्वजनिक सवारीसाधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी ‘श्रमसंसारडटजीओभीडटएनपी’ पोर्टल पोर्टलको आरम्भ गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने ओलीले बताए । ‘एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्ने छ,’ ओलीले भनेका छन् ।