पहिलो दल बन्ने स‌कल्पसहित अघि बढेको प्रचण्डको दाबी

पहिलो दल बन्ने स‌कल्पसहित अघि बढेको प्रचण्डको दाबी तरुण संवाददाता २० बैशाख २०८२, शनिबार १८:५३
पहिलो दल बन्ने स‌कल्पसहित अघि बढेको प्रचण्डको दाबी

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पसहित जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई शनिबार सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए । ‘विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ,’ प्रचण्डले भने ।