एजेन्सी । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग स्थगित गरेको छ। शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बीसीसीआईले आईपीएल समितिसँग बसेको आपतकालीन अनलाइन बैठकपछि यस्तो निर्णय गरेको हो।
बीसीसीआईले नयाँ मिति भने घोषणा गरेको छैन। प्रतियोगितामा अझै पनि लिग चरणका १२ खेल बाँकी छन्। प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो। बिहीबार राति करिब ८ः३० बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपछि हिमाञ्चल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल रोकिएको थियो।
युद्धको अवस्थाका कारण भारतका कयौं सहरहरूमा ब्ल्याक आउट गरियो र खेल रद्द गरियो।