काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।