तरुण संवाददाता
१५ असार २०८२, आईतवार १५:१४
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार मन्त्री पौडेल ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनमा ज्वरो बढ्ने क्रममा रहेको र स्वास्थ्य परीक्षण जारी रहेको अस्पतालले जनाएको छ ।
उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ । उनी शुक्रबार मात्र विदेश भ्रमणबाट स्वदेश फर्किएका थिए ।


