अझै बाईस ब्रोकर कम्पनीले पूर्याएनन् चुक्तापूँजी

अझै बाईस ब्रोकर कम्पनीले पूर्याएनन् चुक्तापूँजी तरुण खबर २६ असार २०८२, बिहीबार ०२:४३
अझै बाईस ब्रोकर कम्पनीले पूर्याएनन् चुक्तापूँजी

तोकिएको समयसीमा सकिँदै गर्दा अझै २२ ब्रोकर कम्पनीले न्यूनतम चुक्तापुँजी पुर्‍याउन नसकेको देखिएको छ । सेयर ब्रोकर कम्पनीले न्यूनतम २० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने समय यही असार मसान्तसम्म छ ।

सीमित कार्य गर्ने ब्रोकरलाई २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरलाई ६० करोड र धितोपत्र व्यापार गर्ने ब्रोकरले एक अर्ब ५० करोड न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

तर, नेपाल धितोपत्र बोर्डको २४ असारसम्मको तथ्यांकअनुसार २२ ब्रोकर कम्पनीले तोकिएको पुँजी पुर्‍याउन सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले भदौ ०७९ मा धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै ब्रोकर कम्पनीलाई तीन वर्गमा विभाजन गर्दै फरक दरमा चुक्तापुँजीको न्यूनतम सीमा तोकेको थियो ।