तरुण खबर
२६ असार २०८२, बिहीबार ०२:५०
मञ्जुश्री फाइनान्सको इटहरी शाखाले इटहरी– ७, बज्रास्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत उक्त विद्यालयलाई २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, आठ कार्टुन सेनेटरी प्याड, एक थान वाटर डिस्पेन्सर सहयोग गरेको छ । त्यसका साथै एक थान प्रिन्टर तथा स्क्यानर गरी जम्मा एक लाख ३० हजार रुपैयाँबराबरको सामग्री विद्यालयलाई दिएको हो ।
प्राथमिकदेखि माध्यमिक तहसम्म विद्यार्थीलाई शिक्षा दिँदै आइरहेको सो विद्यालयमा साढे तीन सय विद्यार्थी छन् । फाइनान्सले अन्य शाखामार्फत पनि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । हालसम्म २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ ।


