नेपाल धितोपत्र बोर्डले अर्को साता आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

नेपाल धितोपत्र बोर्डले अर्को साता आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तरुण खबर २६ असार २०८२, बिहीबार १८:५३
नेपाल धितोपत्र बोर्डले अर्को साता आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

नेपाल धितोपत्र बोर्डले अर्को साता आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार असार २९ गते आइतबार वा असार ३० गते सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ।

नीति तथा कार्यक्रम अन्तिम चरणमा रहेको र धितोपत्र बोर्डको संचालक समितिले पारित गरेपछि सार्वजनिक हुने बताईएको छ। गत वर्ष बोर्डले ल्याएको नीति कार्यक्रम कै धेरै विषय कार्यान्वयन नभएकोले विगतका पुरा हुन बाँकि रहेका कार्यक्रम समेट्दै केही नयाँ विषय समावेश गरेर नीति तथा कार्यक्रम आउने बोर्ड स्रोतले जनाएको छ।