नेपाल उद्योग परिसंघमा नयाँ नेतृत्व: वीरेन्द्रराज पाण्डे अध्यक्ष, राष्ट्रिय परिषद् सदस्यहरू पनि चयन

नेपाल उद्योग परिसंघमा नयाँ नेतृत्व: वीरेन्द्रराज पाण्डे अध्यक्ष, राष्ट्रिय परिषद् सदस्यहरू पनि चयन तरुण खबर २६ असार २०८२, बिहीबार २०:२३
नेपाल उद्योग परिसंघमा नयाँ नेतृत्व: वीरेन्द्रराज पाण्डे अध्यक्ष, राष्ट्रिय परिषद् सदस्यहरू पनि चयन

काठमाडाैं, २६ असार । नेपाल उद्योग परिसंघ (CNI) को २२औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका वीरेन्द्रराज पाण्डे स्वतः अध्यक्ष पदमा चयन भएका छन्। पाण्डे २०७५ सालदेखि परिसंघको उपाध्यक्षका रूपमा कार्यरत थिए।

राजधानीमा बुधबार सम्पन्न साधारण सभामा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

साधारण सभाले परिसंघको राष्ट्रिय परिषद् सदस्यमा विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई निर्वाचित गरेको छ। निर्वाचित हुने राष्ट्रिय परिषद् सदस्यहरूमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, र राजीव गुप्ता रहेका छन्।

यसैगरी, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द, र चन्द्र टण्डन पनि राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन्।

विभिन्न प्रदेशबाट पनि परिसंघको राष्ट्रिय परिषद् सदस्यहरू चयन भएका छन्। यसमा कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ समावेश छन्।