नेपालमा FTTH इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघ्यो: तीव्र विस्तार जारी

नेपालमा FTTH इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघ्यो: तीव्र विस्तार जारी तरुण खबर २६ असार २०८२, बिहीबार २०:५०
नेपालमा FTTH इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघ्यो: तीव्र विस्तार जारी

काठमाडाैं, २६ असार । नेपालमा फाइबर-टु-द-होम (FTTH) इन्टरनेटका ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण (NTA) द्वारा प्रकाशित पछिल्लो MIS प्रतिवेदनअनुसार, मध्य असारसम्म FTTH इन्टरनेटका ग्राहकहरूको संख्या ३१ लाख ७८ हजार ६३७ पुगेको छ।

यो संख्या अघिल्लो महिनाको तुलनामा ७५ हजार ८१४ ले बढी हो। गत जेठ महिनामा FTTH ग्राहकहरूको संख्या ३१ लाख २ हजार ८२३ रहेको थियो। यसले नेपालमा फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको र इन्टरनेटको पहुँच विस्तारमा FTTH प्रविधिको महत्वपूर्ण भूमिका रहेको देखाउँछ।

ब्रॉडब्यान्ड इन्टरनेटको यो तीव्र विस्तारले डिजिटल नेपालको अवधारणालाई थप बल पुर्याएको छ भने शहरी तथा अर्ध-शहरी क्षेत्रमा उच्च गतिको इन्टरनेटको माग बढ्दै गएको पुष्टि गर्दछ।