तरुण खबर
२६ असार २०८२, बिहीबार २१:०२
काठमाडाैं, २६ असार । कोकाकोलाको नेपाली उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अजय चान्बासप्पा कोनालेलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार उनलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो।
कम्पनीले यस नियुक्तिबारे बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक जानकारी गराएको छ। यसअघि २०७९ फागुनदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका दीपक सेन्थिलनाथ गुणलानलाई भने सञ्चालक समितिमा समेटिएको छ, जसबाट कम्पनीको नेतृत्वमा रणनीतिक परिवर्तन आएको छ।
नवनियुक्त सीईओ कोनाले इन्जिनियरिङमा स्नातक र एमबीए गरेका एक अनुभवी व्यावसायिक व्यक्तित्व हुन्। उनी सन् २००७ देखि कोकाकोला इन्डियामा कार्यरत रहँदै आएका थिए। विशेषगरी ब्राण्ड तथा बजार व्यवस्थापनमा गहिरो दखल राख्ने कोनाले, कोकाकोला इन्डियामा पोषण, बजार तथा ब्राण्ड निर्देशकका रूपमा काम गर्दै आएका थिए।


