राजधानीमा ट्रेड युनियनको शक्ति प्रदर्शन: न्यूनतम ज्याला वृद्धि र श्रम अधिकारको माग

राजधानीमा ट्रेड युनियनको शक्ति प्रदर्शन: न्यूनतम ज्याला वृद्धि र श्रम अधिकारको माग तरुण खबर २६ असार २०८२, बिहीबार २२:०२
राजधानीमा ट्रेड युनियनको शक्ति प्रदर्शन: न्यूनतम ज्याला वृद्धि र श्रम अधिकारको माग

काठमाडाैं, २६ असार । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बिहीबार राजधानीमा बृहत विरोध प्रदर्शन गरेको छ। मजदुरहरूको न्यूनतम ज्याला वृद्धि, श्रम कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक सुरक्षाको सुनिश्चितता लगायतका माग राख्दै उनीहरूले र्‍याली निकालेका हुन्।

ट्रेड युनियनहरूले मजदुरहरूको न्यूनतम मासिक पारिश्रमिक ३० हजार ४४३ रुपैयाँ पुर्याउनुपर्ने, ज्याला निर्धारण त्रिपक्षीय सम्झौतामार्फत हुनुपर्ने, श्रम कानुनलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने र सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने मुख्य मागहरू राखेका छन्।

उनीहरूले श्रम ऐनको पूर्ण पालना र श्रमिकहरूको हकहित सुनिश्चित गर्न सरकारलाई दबाब दिएका छन्। यस प्रदर्शनले श्रमिकहरूको आवाजलाई बुलन्द पार्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन र सुरक्षित कार्य वातावरण सिर्जना गर्न जोड दिएको छ।