तरुण खबर
२७ असार २०८२, शुक्रबार ००:२०
रोटरी क्लब अफ कपनले आफ्नो ९औं पदस्थापना कार्यक्रम एक भव्य समारोहका साथ राजधानीको दरबारमार्ग स्थित होटल हुडल्याण्डमा सम्पन्न गरेको छ। क्लबको २०२५/२६ वर्षको अध्यक्ष पदमा प्रल्हाद दाहालको नेतृत्वको सुरुवातसँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गर्यो।
कार्यक्रमको अध्यक्षता नव नियुक्त अध्यक्ष प्रल्हाद दाहालले गर्नु भएको थियो भने रोटरी इन्टरनेशनल सन् २०२६/२७ का डिस्ट्रिक्ट गर्भनर (डिजी)विष्णु बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो। सो अवसरमा रोटरीका वरिष्ठ नेतृत्व, पूर्व अध्यक्ष, चार्टर सदस्य तथा विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
पूर्व डिजी सञ्जय गिरी, जितेन्द्र राजभण्डारी, निवर्तमान डिजी राजेन्द्रमान शेरचन, डिजी इलेक्ट आई.पी.ढकाल, रोटरी अफिसियल विष्णु दाहाल, पूर्व सचिव अमित गिरी, क्लबका सल्लाहकार मनोज कुमार कंडेल, एजी सागर लुईटेल, कपन क्लबका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, भादगाउँका पूर्व अध्यक्ष सी।पी। आचार्य, र क्लबका पूर्व अध्यक्षहरु डा। राजु लामा, मनोज कुमार घिमिरे, सुचिता काफ्ले, निवर्तमान अध्यक्ष नियुक्ति शेर्पा लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
नयाँ नेतृत्व र सदस्यहरूलाई शपथ गराइएको थियो ।
कार्यक्रमको मुख्य भागमा २०२५/२६ का अध्यक्ष प्रल्हाद दाहाल सहित उहाँको कार्यसमितिलाई प्रमुख अतिथि डिजी कार्कीले विधिवत् रूपमा पद तथा गोपनीयताको शपथ गराउनु भयो भने कल्बमा नयाँ सदस्यको रुपमा प्रवेश गरेका श्रीकृष्ण भण्डारी, राजकुमार कार्की, निराजन चिलाउने, रमेश सञ्जेल, नरेन्द्र खड्का, निर्मल नेपाल र दिक्षा अधिकारीलाई स्वागत गरिएको थियो ।
रट्रयाक्ट क्लब अफ कपनका अध्यक्ष विभूषण गौतम र रोट्र्याक्ट समीक्षा अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। क्लबका सचिव दिपक चन्द्र गौतमले कार्यक्रमको सञ्चालन गर्नुका साथै क्लबले आगामी वर्षमा गर्ने विविध सेवा र विकास कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भयो।
कार्यक्रममा विशिष्ट व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। सो अवसरमा क्लबले राष्ट्रियगानका रचयिता ब्याकुल माइला र वरिष्ठ चिकित्सक तथा समाजसेवी प्रो.डा. बुलन्द थापालाई मानार्थ सदस्यता प्रदान गर्दै विशेष सम्मान प्रदान गरिएको थियो। मानार्थ सदस्यता ग्रहण गर्दै डा। थापाले रोटरी सेवा भावना र सामुदायिक संलग्नताको आदर्श संस्था भएको उल्लेख गर्दै यस्ता क्रियाकलापहरूमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
क्लबले उपस्थित सबैलाई आभार, सम्मान र धन्यवाद ज्ञापन गरेको थियो । २०२४/२५ की निवर्तमान अध्यक्ष नियूक्ति शेर्पाले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबै सदस्यहरूलाई “मायाको चिनो” प्रदान गर्दै कृतज्ञता व्यक्त गरिन्। साथै, कार्यक्रममा सहभागी सबै अतिथिहरूलाई पनि क्लबको तर्फबाट सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।


